नवलपरासी १ मा कांग्रेस नेता शशाङ्क कोइराला लगातार चौँथो पटक विजयी
प्रकाशित:
२०७९, ८ मंसिर

काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौँथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी भएका छन् ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कोइराला २०६४, ७० र ७४ मा यो क्षेत्रबाट लगातार विजयी भएका थिए । कडा प्रतिस्प्रर्धाबीच कोइराला दुई हजार ८२ मत अन्तरले विजयी भएका हुन् ।
गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा एमालेका कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमको पक्षमा २३ हजार तीन सय एक मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार