रौतहट १ मा माधव नेपाल सात हजार मतान्तरले विजयी
प्रकाशित:
२०७९, ८ मंसिर

काठमाडौं, ८ मंसिर । रौतहट क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् ।
उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार