चितवन-२ मा रवि लामिछाने भारी मतान्तरले विजयी
अखबार टुडे
प्रकाशित:
२०७९, ८ मंसिर

चितवन, ८ मंसिर । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।

लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ३४ हजार १६२ बढी मत ल्याएर विजयी भएका हुन् ।

लामिछानेले ४९ हजार २६१ मत ल्याए भने सत्ता गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १५ हजार ९९ मत ल्याए । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।

प्रतिक्रिया