भक्तपुर-१ बाट नेमकिपाका प्रेम सुवाल निर्वाचित
अखबार टुडे
प्रकाशित:
२०७९, ८ मंसिर

काठमाडौं, ८ मंसिर । भक्तपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सचिव प्रेम सुवाल निर्वाचित भएका छन् । सुवालले नेकपा एमालेका नवराज गेलाललाई दोब्बरभन्दा धेरै मतान्तरले पराजित गर्दै दोस्रो पटक निर्वाचित भएका हुन् ।

सुवालले ४२ हजार ७६१ मत ल्याएका छन् भने एमालेका गेलालले ११ हजार ९६८ मत पाएका छन् ।सुवाल र गेलालबीचको मतान्तरमात्रै ३० हजार ७९३ मत छ ।

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले ९ हजार ३०३, नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार २८३ मत ल्याएका छन् ।

प्रतिक्रिया