दाङ-२ मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै माओवादीकी रेखा शर्मा विजयी
अखबार टुडे
प्रकाशित:
२०७९, ८ मंसिर

दाङ, ८ मंसिर । दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवारसमेत रहेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन् । उनले पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी छन् ।

माओवादीकी उम्मेदवार रेखाले २५ हजार ७९७ मत ल्याएकी छन् भन् पोखरेलले २५ हजार ५३३ मत ल्याए । रेखा प्रत्यक्षतर्फबाट पहिलो पटक सांसद भएकी हुन् । यहाँ रेखा सत्ता गठबन्धनको साझा उम्मेदवार थिइन् ।

प्रतिक्रिया