सप्तरी-२ मा उपेन्द्र यादवलाई १८ हजार मतान्तरले हराउँदै सीके राउत निर्वाचित
प्रकाशित:
२०७९, ७ मंसिर

काठमाडौं, ७ मंसिर । सप्तरी क्षेत्र नं. २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) निर्वाचित भएका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् ।
राउतले ३५ हजा ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत ल्याए । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याए । यो क्षेत्रका दुबै प्रदेश सभा पनि जनमत पार्टीले जितेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
