काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित
अखबार टुडे
प्रकाशित:
२०७९, ७ मंसिर

काठमाडौं, ७ मंसिर । काठमाडौं क्षेत्र नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन् ।

खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गरे भने नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा रहे ।

योसँगै प्रतिनिधिसभातर्फ काठमाडौंका सबै क्षेत्रको निर्वाचन परिणाम आइसकेको छ । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका ४ वटा क्षेत्रमा जित हात पारेको छ । यसअघि रास्वपाबाट काठमाडौं–२ मा सोबिता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ विजयी भइसकेका छन् ।

यस्तै नेपाली कांग्रेसबाट काठमाडौं–१ मा प्रकाश मान सिंह, काठमाडौं–३ मा सन्तोष चालिसे, काठमाडौं–४ मा गगन कुमार थापा, काठमाडौं–५ मा प्रदीप पौडेल, काठमाडौं– १० मा राजेन्द्र कुमार के.सी निर्वाचित भएका छन् । यस्तै नेकपा एमालेले काठमाडौं ९ मा जितेको छ । काठमाडौं ९ बाट कृष्ण गोपाल श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रतिक्रिया