ताप्लेजुङबाट एमालेका योगेश भट्टराई दोस्रो पटक निर्वाचित
प्रकाशित:
२०७९, ७ मंसिर

काठमाडौं, ७ मंसिर । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् ।
कडा प्रतिस्पर्धाकाबीच गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतान्तरले पराजित गर्दै भट्टराई लगातार दोस्रो पटक निर्वाचित भएका हुन् । उनी २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
अन्तिम मतपरिणाम अनुसार योगेशले २१ हजार ९४६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्रीले २१ हजार ७३८ मत प्राप्त गरेका छन् ।
मतगणनाको सुरूवाती चरणबाटै योगेश झिनो मतले पछि परेका थिए । पछि फुङ्लिङ नगरपालिकाको मत गन्न थालेपछि भने योगेश अगाडि लागेका थिए । योसँगै भट्टराई ताप्लेजुङमा दोहोरिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार