गुल्मी-२ मा झाँक्रीलाई हराउँदै एमालेका गोकर्ण विष्ट निर्वाचित
अखबार टुडे
प्रकाशित:
२०७९, ७ मंसिर

गुल्मी, ७ मंसिर । गुल्मी–२ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित भएका छन् । बिष्टले नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै ह्याट्रिक पूरा गरेका हुन् ।

बिष्टले २७० र २०७४ को चुनाव पनि जितेका थिए । बिष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत पाइन् । बिष्टले २०३४ मतको अग्रतासहित जित हात पारेका हुन् । निर्वाचन आयोगले आधिकारिक घोषणा भने गर्न बाँकी छ ।

झाँक्रीले हार स्वीकार गर्दै निर्वाचन आफ्ना लाथि लागि अत्यन्तै रोमाञ्चक रहेको बताएकी छिन् । उनले मतदातालाई धन्यवाद दिंदै निर्वाचनमा विजयी भएका बिष्टलाई बधाई पनि दिएकी छिन् ।

प्रतिक्रिया