माओवादीले खोल्यो खाता : सिन्धुली-२ बाट लेखनाथ दाहाल निर्वाचित
प्रकाशित:
२०७९, ७ मंसिर
सिन्धुली, ७ मंसिर । नेकपा माओवादी केन्द्रका उम्मेदवार लेखनाथ दाहाल सिन्धुली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
योसँगै माओवादीले प्रतिनिधसभा सदस्यमा खाता खोलेको छ । दाहाल एमालेका उम्मेदवार मनोजसंग थापाभन्दा ६ हजार १६२ को मतान्तरले निर्वाचित भएका हुन् ।
मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार माओवादीका दाहालले २७ हजार ५१७ मत ल्याए भने थापाले २१ हजार ३५५ मत प्राप्त गरेको छ ।
सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो भएका छन् । उनले १ हजार ५५३ मत प्राप्त गरेका थिए । राप्रपाका भिष्मराज श्रेष्ठ भने चौथो भए । उनले १ हजार ३४० मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार