पर्सा-४ मा कांग्रेसका रामेश रिजाल विजयी
प्रकाशित:
२०७९, ७ मंसिर

काठमाडौं, ७ मंसिर । पर्सा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामेश रिजाल निर्वाचित भएका छन् ।
उनले नेकपा एमाले उम्मेदवार जालिम मियाँलाई ५ हजार ५३० मतान्तरले हराउँदै विजयी भएका हुन् ।
६२ हजार ४९६ मत गणना गर्दा एमाले उम्मेदवार मियाँले २५ हजार ६१२ मत प्राप्त गरे भने कांग्रेस उम्मेदवार रिजालले ३१ हजार १४२ मत हासिल गरी विजयी भएको पर्साका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार