काठमाडौं-२ प्रदेश ‘ख’ मा राप्रपाका राजु विष्ट विजयी
अखबार टुडे
प्रकाशित:
२०७९, ७ मंसिर

काठमाडौं, ७ मंसिर । काठमाडौं क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु विष्ट निर्वाचित भएका छन् । विष्ट ३ हजार ७८ मतान्तरले विजय हासिल गर्दै निर्वाचित भएका हुन् ।

विष्टले १२ हजार १६३ मत पाए भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका सुवर्ण श्रेष्ठले ९ हजार ८५ मत पाएका छन् ।

पराजित भएका श्रेष्ठ शंखरापुर नगरपालिकाका पूर्व मेयर हुन । यस्तै तेस्रो स्थानमा सत्तागठबन्धनका साझा उम्मेदवार भरत फुँयालले ८ हजार ६२६ मत पाएका छन् ।

प्रतिक्रिया