काठमाडौं-५ मा प्रदीप पौडेलको जित सुनिश्चित
अखबार टुडे
प्रकाशित:
२०७९, ६ मंसिर

काठमाडौं, ६ मंसिर । काठमाडौं–५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलको जित सुनिश्चित भएको छ। उनले अहिलेसम्म नेकपा एमालेका ईश्वर पोखरेललाई ५ हजारभन्दा बढी मतले पछाडि पारेका छन्।

पछिल्लो मतपरिणामअनुसार प्रदीपले १५२३७ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी एमालेका ईश्वर पोखरेलले १०१७२ मत पाएका छन्। उनीहरूबीच ५ हजार ६५ मतको अन्तर छ। यो क्षेत्रमा यहाँ ४५ हजार ९ सय ८७ मत खसेको थियो।

प्रतिक्रिया