सप्तरी २ (१) मा जनमत पार्टीका सतिशकुमार सिंह निर्वाचित
अखबार टुडे
प्रकाशित:
२०७९, ६ मंसिर

सप्तरी, ६ मंसिर । सप्तरी २ (१) बाट जनमत पार्टीका सतिशकुमार सिंह निर्वाचित भएका छन् ।

उनले १६ हजार ७ सय ३४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी प्रदेशका अर्थमन्त्री समेत रहेका जसपाका शैलेन्द्रप्रसाद साहले ८ हजार २ सय ९२ मत प्राप्त गरे । मधेश प्रदेश सभामा जनमत पार्टीको यो दोस्रो जित हो ।

विजयी सिंह गत स्थानीय तहको चुनावमा सप्तरीको तिलाठी कोईलाडी गाँउपालिका अध्यक्षमा पराजित भएका थिए । लोसपाबाट उम्मेदवार भई गाउँपालिका अध्यक्षमा पराजित भएपछि उनी जनमत पार्टीमा प्रवैश गर्दै प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया