सप्तरीबाट मधेश प्रदेशसभामा जनमत पार्टीका यादव निर्वाचित
प्रकाशित:
२०७९, ६ मंसिर

सप्तरी, ६ मंसिर । सप्तरीबाट मधेश प्रदेशसभामा जनमत पार्टीका महेश यादव निर्वाचित भएका छन् ।
सप्तरी–२ (२) मा जनमत पार्टीका यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन् । योसँगै मधेश प्रदेशसभामा जनमत पार्टीले खाता खोलेको छ ।
उनले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै विजयी भएका हुन् । उमेशले जम्मा ७ हजार २३ मत मात्र पाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
