गोरखा-२ मा प्रचण्डलाई हाईसन्चो, प्रतिस्पर्धीभन्दा तीन गुणा मतले अगाडि
अखबार टुडे
प्रकाशित:
२०७९, ६ मंसिर

गोरखा, ६ मंसिर । गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जित निश्चित बन्दै गएको छ । मंगलबार बिहानसम्मको मतगणनाअनुसार प्रचण्ड आफ्ना प्रतिस्पर्धीभन्दा तीन गुणा मतले अगाडि छन् ।

८ हजार ५४० मत गणना हुँदा प्रचण्डले ४ हजार ८३२ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले एक हजार ४२४ मत पाएका छन् । प्रचण्ड र बुर्लाकोटीबीचको मतान्तर तीन हजार ४०८ रहेको छ ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका अब्दुस मियाले ११७६ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई निर्वाचित भएका थिए ।

प्रतिक्रिया