पैसा बाँडेको आरोपमा एमालेका नगर अध्यक्षसहित तीन जना पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, २ मंसिर

काठमाडौं, २ मंसिर । पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको छ । निर्वाचनको मौन अवधिमा पैसा बाँडेको आरोपमा निरौलासहित ३ जनालाई शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

परिसरका एक अधिकृतका अनुसार पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल रहेका छन् । उनीहरूलाई प्रहरी प्रभाग बुढानिलकण्ठमा राखिएको बताइएको छ ।

प्रहरीका अनुसार उनीहरूलाई हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ गरिएको हो । उनीहरुले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो । काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया