साडियो मानेले विश्वकप गुमाउने
अखबार टुडे
प्रकाशित:
२०७९, २ मंसिर

काठमाडौं, २ मंसिर (एजेन्सी) । सेनेगलका फरवार्ड साडियो मानेले कतारमा हुने फिफा विश्वकप फुटबल गुमाउने भएका छन् । सेनेगल फुटबल फेडेरेसनले मानेले कतार विश्वकप गुमाउने पुष्टि गरेको हो ।

जर्मन क्लब बायर्न म्युनिखले मानेले विश्व कप गुमाउने जनाएको छ । विश्व कप फुटबल पर्सि आइतवारदेखि कतारमा सुरु हुँदैछ । केही दिनअघि मात्रै मानेले विश्व कपको पहिलो खेल गुमाउने भनिएको थियो ।

तर उनको दायाँ खुट्टामा लागेको चोट निको हुन समय लाग्ने भएको छ । घाउमा शल्यक्रिया समेत गरिएको छ । अब उनी झण्डै ३ महिना मैदान बाहिर रहने छन् ।

विश्व कप फुटबलमा सेनेगल समूह ‘ए’ मा रहेको छ । सेनेगलले पहिलो खेल नोभेम्बर २१ तारिख अर्थात् आउँदो सोमवार नेदरल्यान्ड्ससँग खेल्दै विश्व कपको सुरुआत गर्नेछ ।

प्रतिक्रिया