अमेरिकी सभामुखबाट न्यान्सी पेलोसीको राजीनामा
अखबार टुडे
प्रकाशित:
२०७९, २ मंसिर

काठमाडौं, २ मंसिर । न्यान्सी पेलोसीले अमेरिकी सभामुखबाट राजीनामा दिएकी छन् । नयाँ पुस्तामा प्रतिनिधिसभाको नेतृत्व सुम्पन भन्दै ८२ वर्षीय पेलोसीले नेतृत्व छोड्ने घोषणा गरेकी हुन् ।

उनले भनेकी छन्, ‘मलाई दिइएको जिम्मेवारीप्रति म कृतज्ञ छु । नयाँ पुस्ता पनि यो अद्भुत जिम्मेवारी लिन सक्षम भएकी छिन् । उनीहरूको नेतृत्व चाहनाका लागि र युवा पुस्तालाई जिम्मेवारीको अवसर दिन चाहन्छु ।’

पेलोसीले सान्फ्रान्सिस्कोबाट सन् १९८७ बाट निरन्तर संसदमा प्रतिनिधित्व गर्दै आएका छिन् । सन् २०२१ मा कमला ह्यारिस उपराष्ट्रपतिमा चयन हुनुअघिसम्म अमेरिकाको सर्वोच्च पदमा पुग्ने एक मात्र महिला नेतृ पेलोसीनै थिइन् ।

प्रतिक्रिया