ओलीप्रति लक्ष्ति गर्दै माधव नेपालले भने- कस्तो होला यो धर्ती, त्यस्ता व्यक्तिलाई जन्म दिने ?
अखबार टुडे
प्रकाशित:
२०७९, १ मंसिर

काठमाडौं, १ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अघि सारेको विकासको परियोजना रोकेको बताएका छन् ।

बिहीबार कोटेश्वरमा आयोजित गठबन्धनको चुनावी सभामा बोल्दै नेपालले आफू पटक–पटक सोही क्षेत्रमा निर्वाचित भए पनि अध्यक्ष ओलीले आफूले अघि सारेको विकासको परियोजना रोकेको बताए । उनले ओली पूर्वाग्रही रहेको आरोप लगाए ।

उनले भने, ‘यही क्षेत्रमा मलाई विजयी बनाउनुभएको छ । पटकपटक मौका दिनुभयो । मैले विकासको परियोजना अघि सारेको छु । तर, यसको जस माधव नेपालले पाउँछन् भनेर अघि बढ्न दिएनन् । बाटोमा नै रोकिदिए । यस्ता खालका मान्छे हामीले पाएका छौं । कस्तो पूर्वाग्रही प्रवृति बोकेका मान्छे ? कस्तो होला यो धर्ती त्यस्ता व्यक्तिलाई जन्म दिने ? ।’ उनले ओलीलाई रावणको संज्ञा दिए ।

उनले प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर २ की उमेदवार ओनसरी घर्तीलाई निर्वाचित गर्न आह्वान गरे । उनले उक्त क्षेत्रको समस्या समाधानका लागि ओनसरीलाई उमेदवार बनाइएको बताए ।

प्रतिक्रिया