राहुल गान्धी सहभागी कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेपछि… (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७९, १ मंसिर

काठमाडौं, १ मंसिर । भारतीय कांग्रेसका नेता राहुल गान्धी सहभागी एक कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ ।

गान्धी महाराष्ट्र राज्यको वासिम भन्ने ठाउँमा बुधबार ‘भारत जोडो यात्रा’को कार्यक्रममा सञचमाहभागी थिए । उनले कार्यक्रमको सुरुमा राष्ट्रिय गान बजाउन भनेपछि मञ्चमा ‘सयौँ थुंगा फूलका हामी’ गीतको धुन बज्न पुग्यो । प्राविधिकले तुरुन्तै उक्त गीत बन्द गरे ।

बजिरहेको नेपालको राष्ट्रिय गानलाई रोक्दै भारतको राष्ट्रिय गीत ‘जनगणमन’ बजाउन निर्देशन दिइयो । दोस्रोपटक पनि नेपालको राष्ट्रिय गीत बज्यो । सुरुमा त गान्धीसहित सबैजना सहज पनि देखिए । केही क्षणपछि असमञ्जस्यताको स्थिति देखियो ।

त्यसपछि मात्रै भारतको राष्ट्रिय गान ‘जनगणमन’ बज्यो । प्राविधिक गल्ती भए पनि राष्ट्रिय गान भनेर अरु देशको गीत बजाएको भन्दै यो विषयमा भारतमा राहुलको आलोचना भइरहेको छ । यो किस्सालाई लिएर राहुल गान्धी ट्रोल बनिरहेका छन् ।

हेर्नुहोस् भिडियोः

प्रतिक्रिया