भारतबाट पेट्रोलको मूल्य घटेर आयो, डिजेलमा बढ्यो
अखबार टुडे
प्रकाशित:
२०७९, १ मंसिर

काठमाडौं, १ मंसिर । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटाएर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।

बुधबार आइओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचि अनुसार पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ ३४ पैसा घटेको छ । त्यस्तै, डिजेलमा भने एक रूपैयाँ २५ पैसा बढेर आएको निगमले जनाएको छ ।

मूल्य घटेर आएसँगै निगमलाई पेट्रोलमा प्रतिलिटर १० रूपैयाँ ७६ पैसा नाफा छ । त्यस्तै, डिजेलमा १० रूपैयाँ ८६ पैसा घाटा छ ।

अब निगमको घाटा–नाफा १५ दिनमा खपत हुने डिजेलको आधारमा निर्भर रहन्छ । डिजेलको माग बढ्यो भने १५ दिनमा १५ देखि २० करोड रूपैयाँ घाटा हुने निगमले जनाएको छ ।

प्रतिक्रिया