विश्वकप फुटबल प्रसारण गर्दा मिडिया हबले अतिरिक्त शुल्क लिनपाउने
प्रकाशित:
२०७९, ३० कार्तिक

काठमाडौं, ३० कात्तिक । नेपाली दर्शकले विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ । सर्वोच्च अदालतले फिफा विश्वकप हेर्नका लागि मिडिया हब प्रालिलाई अतिरिक्त शुल्क लिई प्रसारण गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि कात्तिक २२ गते जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश जारी गरेको छ ।
यसअघि सर्वोच्च अदालतले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
फिफा विश्वकप २०२२ हेर्नका लागि पाँच सय अतिरिक्त लिइने मिडिया हबको निर्णयविरुद्ध रिटमा परेको थियो । अधिवक्ता किशोर पौडेललगायतले मिडिया हबको फिफा विश्वकप हेर्न अतिरिक्त शुल्क लाग्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
