भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभा नजिकै बम विस्फोट
अखबार टुडे
प्रकाशित:
२०७९, ३० कार्तिक

भोजपुर, ३० कात्तिक । भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभा नजिकै बम विस्फोट भएको छ । पौवा दुम्वानमा गाउँपालिकाको प्याउलीमा सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा बम विस्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी शरद थापाका अनुसार एउटा होटलको अगाडि बम पड्किएको छ । बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा सुमल श्रेष्ठ र एक महिला रहेको बताइएको छ । यसबारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डसमेत सहभागी हुने तयारी छ । तर उनी कार्यक्रमस्थलमा नपुग्ने विस्फोट बताइएको छ ।

प्रतिक्रिया