गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री कुमार खड्का बर्खास्त
प्रकाशित:
२०७९, २९ कार्तिक

काठमाडौं, २९ कार्तिक । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्त भएका छन् ।
गठबन्धनलाई असहयोग गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खड्कालाई बर्खास्त गरेको हो ।
कांग्रेसकै सांसद खड्कालाई चुनावी प्रचारमा नहिँडेको, गठबन्धनविरुद्ध अभिव्यक्ति दिएको र गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको कारण खड्कालाई बर्खास्त गरिएको बताइएको छ । खड्का गत २०७८ साउन ८ गते मन्त्री भएका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
