मतदानस्थल रहेका शिक्षण संस्था मंसिर २ देखि ५ गतेसम्म बन्द हुने
अखबार टुडे
प्रकाशित:
२०७९, २९ कार्तिक

काठमाडौं, २९ कात्तिक । सरकारले मतदान स्थल रहेका विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै मतदान स्थल रहेका विद्यालयहरू मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका अनुसार अन्य क्षेत्रमा भने चुनावका लागि २ दिन बिदा दिइएको छ । सार्वजनिक तथा सरकारी कार्यालयहरूमा मंसिर ४ र ५ गते बिदा दिने निर्णय भएको मन्त्रालयले जनाएको छ । मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ ।

प्रतिक्रिया