अमेरिकामा फुटबल टोली चढेको बसमा गोली प्रहार हुँदा ३ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, २९ कार्तिक

काठमाडौं, २९ कात्तिक । अमेरिकामा फुटबल टोली चढेको एक बसमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ । युनिभर्सिटी अफ भर्जिनियाको फुटबल टिममाथि गोली प्रहार भएको हो ।

आइतबार बेलुकी फिल्डबाट फर्किरहेको टोलीमाथि विश्वविद्यालय परिसरभित्रै गोली प्रहार भएको बीबीसीले जनाएको छ । गोली प्रहारबाट अन्य दुई जना घाइते भएका छन् ।

गोली चलाएको आशंकामा विश्वविद्यालयमा पढ्ने २२ वर्षीय छात्र क्रिष्टोफर डेनियललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार गोली प्रहारको कारण खुलेको छैन र घटनाको अनुसन्धान जारी छ ।

प्रतिक्रिया