भारतमा प्रदीप खड्कालाई डेब्यु अभिनेताको फिल्म अवार्ड
अखबार टुडे
प्रकाशित:
२०७९, २८ कार्तिक

काठमाडौं, २८ कात्तिक । अभिनेता प्रदीप खड्काले भारतमा सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका छन् ।

आग्रामा सम्पन्न फेस्टिभलमा प्रेमगीत–३ को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन् ।

फेस्टिभलमा प्रदीपले अवार्ड जित्दाको क्षणका भिडियो र तस्वीरहरु सार्वजनिक भएका छन् । प्रदीप र प्रेमगीत ३ का निर्माताहरु यतिबेला भारतको पर्यटकीय सहर आग्रामा छन् ।

प्रदीप मुम्बईको एक प्रोजेक्टका लागि प्रदीप यतिबेला भारतमा छन् । तर उक्त फिल्म गर्नेबारे आधिकारिक पुष्टि भइसकेको छैन । प्रेमगीत ३ ले नेपाल, भारतसहित विश्वभर उछाल कमाइ गरेको थियो ।

प्रतिक्रिया