निर्वाचनपछि एमाले तेस्रो दलमा खुम्चने माधव नेपालको दाबी
अखबार टुडे
प्रकाशित:
२०७९, २८ कार्तिक

काठमाडौं, २८ कात्तिक । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि नेकपा एमाले तेस्रो दल बन्ने दाबी गरेका छन् ।

सरकारमा हुँदा गरेको बदमासीका कारण एमाले धेरै कमजोर भएकाले यसपटक तेस्रो दलमा खुम्चने अध्यक्ष नेपाले दाबी गरेका हुन् ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमार्फत नेपाली कांग्रेस पहिलो, नेकपा माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो पार्टीे बन्ने उनको प्रपेक्षण छ । अध्यक्ष नेपालले आफ्नो पार्टीले भने चौथौं स्थान कायम राख्ने दाबी गरेका छन् ।

कान्तिपुरसँगको अन्तरर्वाताको क्रममा सोधिएको ‘सहयोगी दलहरुको सिट कति आउँछ ?’ भन्ने प्रश्नको जवाफमा अध्यक्ष नेपालले भने– ‘मैले हेर्दा खेरि नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हुन्छ । दोस्रोमा माओवादी केन्द्र आउने सम्भावना छ । तेस्रोमा एमाले आउँला, चौथोमा हामी आउँछौं ।’ अध्यक्ष नेपालले कांग्रेस पहिलो दल बनेता पनि बहुमत प्राप्त गर्न नसक्ने बताएका छन् ।

प्रतिक्रिया