पाकिस्तानलाई हराउँदै इङ्ल्याण्डले जित्यो टी–२० विश्वकप
अखबार टुडे
प्रकाशित:
२०७९, २७ कार्तिक

काठमाडौं, २७ कात्तिक । इंग्ल्यान्डले टि–२० विश्वकप २०२२ को उपाधि जितेको छ । फाइनलमा पाकिस्तानलाई पाँच विकेट हराउँदै इंग्ल्यान्डले विश्वकपको उपाधि जितेको हो ।

अष्ट्रेलियाको मेलबर्नस्थित स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो ।

पाकिस्तानले दिएको एक सय ३८ रनको लक्ष्य इङ्ग्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर भेटायो । इङ्ल्याण्डलाई जिताउन बेन स्टोक्सले ५२ रन बनाए । यस्तै, जोश बट्लरले २६ रन बनाउँदा ह्यारी ब्रुकले २० रन बनाए । मोइल अलीले १२ बलमा १९ रन बनाए ।

फिल साल्ट १० रनमा आउट भए । बलिङतर्फ पाकिस्तानका हरिस रउफले दुई विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको पाकिस्तानका लागि कप्तान बाबर आजमले ३२ रन जोडे भने सान मसुदले सर्वाधिक ३८ रन जोडेका थिए ।

इंग्ल्यान्डका लागि साम करनले ३ विकेट लिए । अदिल रासिद र क्रिस जोर्डनले दुई–दुई विकेट लिए भने बेन स्ट्रोक्सले एक विकेट लिएका थिए ।

यो उपाधिसँगै इङ्ग्ल्यान्डले टी–२० विश्व कपमा उपाधि सङ्ख्या दुई पु¥याएको छ । यसअघि सन् २०१० को टी–२० विश्व कप फाइनलमा अस्ट्रेलियालाई सात विकेटले हराउँदै इङ्ग्ल्यान्डले उपाधि जितेको थियो ।

प्रतिक्रिया