रवि लामिछानेको चुनावी प्रचारमा रहेको गाडी तोडफोड
प्रकाशित:
२०७९, २७ कार्तिक

काठमाडौं, २७ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार समेत रहेका रवि लामिछानेको चुनावी प्रचारमा प्रयोग भएको गाडी तोडफोड भएको छ ।
आइतबार दिउँसो चितवनको क्षेत्र नम्बरमा पर्ने मुग्लिन नजिकै बा १४ च ७६८४ नम्बरको गाडी तोडफोड भएको हो । तोडफोड हुँदा गाडीको सीसा फुटेको छ ।
एक जना युवा गाडीमाथि चढेर लात्तिले हानेर सिसा फुटाएको भिडिओ पनि सार्वजनिक भएको छ । सभापति लामिछानेले गाडीमाथि आक्रमण गर्नेलाई प्रहरीले सुरक्षा दिइरहेको आरोप लगाए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
