गृहमन्त्री हुँदा देउवाले १२२ जनाको हत्या गरे : ओली
प्रकाशित:
२०७९, २७ कार्तिक

काठमाडौं, २७ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा गृहमन्त्री हुँदा १२२ जनाको हत्या गरेको आरोप लगाएका छन् ।
दैलेखको जम्बुकाँधमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले प्रश्न गर्दै भने, ‘देउवाले के गर्नुभयो ? गृहमन्त्री हुँदा सर्वसाधारण १२२ जनालाई गोली हानेर हत्या गर्नुभयो । ५० प्रतिशत एमाले कार्यकर्तालाई पक्राउ गर्नुभयो ।’
देशको स्वाधीन अर्थतन्त्रका लागि बनेको पार्टी एमाले भएको उनले बताए । एमाले जनताका नाममा आतंक मच्चाउने पार्टी नभइ देशमा विकास र समृद्धि ल्याउने पार्टी रहेको ओलीले बताए ।
प्रतिक्रिया
सम्बन्धित समाचार