राजेन्द्र र नन्दलाई मन्त्री बनाएर गोरखाको विकास निर्माणको जिम्मेवारी दिन्छु: प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७९, २७ कार्तिक

काठमाडौं, २७ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका नेता राजेन्द्र बजगाईं र नन्दप्रसाद न्यौपानेलाई जिताउन आग्रह गर्दै मन्त्री बनाउन पहल गर्ने बताएका छन् ।

गोरखामा आज भएको सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘गोरखा १ को प्रतिनिधि सभामा कांग्रेसका नेता राजेन्द्र बजगाईं र प्रदेश सभा (ख) मा कांग्रेसकै नेता नन्दप्रसाद न्यौपानेलाई जिताउन म आग्रह गर्दछु । बजगाईंलाई केन्द्रमा र न्यौपानेलाई प्रदेशमा मन्त्री बनाउन म पहल गर्छु । म देउवासँग प्रस्ताव राख्छु ।’

उनले उत्तरी गोरखाको विकासका काम प्राथमिकतामा रहेको बताउँदै भने, ‘राजेन्द्रलाई केन्द्रमा र नन्दुलाई प्रदेशमा मन्त्री बनाएर विकास निर्माणको काम गर्न जिम्मेवारी दिइनेछ । अहिले नेपालमा प्रचण्ड र देउवा मिलेपछि नहुने केही छैन ।’

आज प्रचण्डले चुमनुब्री गाउँपालिकाको छेकम्पार, सामागाउँ र सिर्दिवासका चुनावी सभालाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया