दार्चुलामा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, ४ जना घाइते
अखबार टुडे
प्रकाशित:
२०७९, २५ कार्तिक

दार्चुला, २५ कात्तिक । दार्चुलाको अपीहिमाल गाउँपालिका—५ ओखलमा लोकतान्त्रिक बाम गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।
झडप हुँदा एमाले र गठबन्धनका तर्फबाट दुई दुई जना गरी ४ जना कार्यकर्ता घाइते भएका हो ।

घाइते हुनेमा एमालेको तर्फबाट शैल्यशिखर नगरपालिका—९ का २५ वर्षिय सुरेश बादी र मार्मा गाउँपालिका—३का २८ वर्षिय बिरेन्द्र बिष्ट रहेका छन् । यस्तै गठबन्धनका तर्फबाट अपीहिमाल गाउँपालिका—६ का २० वर्षिय जहेन्द्र धामी सोही ठाउँका २५ वर्षिय जगत धामी घाइते भएका छन् ।

घाइतेहरुको लटिनाथ अस्पताल मार्मामा प्रचार भइरहेको दार्चुला प्रहरीले जनाएको छ । एमाले प्रदेश (ख)का उम्मेदवार रामदत्त जोशीसहितको टोलीलाई गठबन्धनका कार्यकर्ताहरुले अवरोध गर्दा झडप भएको बताइएको छ ।

प्रतिक्रिया