टी-२० विश्वकप : भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा
अखबार टुडे
प्रकाशित:
२०७९, २४ कार्तिक

काठमाडौं, २४ कात्तिक । इङ्ल्यान्ड अष्ट्रेलियामा जारी आइसिसी पुरुष टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । भारतलाई दश विकेटले हराउँदै इङ्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो ।

भारतले दिएको १ सय ६९ रनको लक्ष्य इङ्ग्ल्यान्डले एक विकेट पनि नगुमाइ १६ ओभरमा भेटायो । उसका लागि एलेक्स हेल्स र जोस बटलरले रन बनाए । एलेक्सले ८६ रन बनाउँदा बटलरले ८० रन बनाए। अब इङ्ग्ल्यान्डले फाइनलमा आउँदो आइतवार पाकिस्तानसँग खेल्नेछ ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । भारतका हार्दिक पान्ड्याले सर्वाधिक ६३ रन बनाए भने विराट सर्वाधिक ५० रन बनाए । इङ्ल्यान्डका क्रिस जोर्डनले ३, अडिल रसिदले १ र क्रिस वक्सले १ विकेट लिएका थिए ।

प्रतिक्रिया