चुनावमा खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही हुने
अखबार टुडे
प्रकाशित:
२०७९, २४ कार्तिक

बागलुङ, २४ कात्तिक । मंसिर ४ मा हुने चुनावमा खटाइएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले सार्वजनिक सूचनामार्फत चुनावका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीलाई अनिवार्य रुपमा खटाइएको ठाउँमा जान अनुरोध गरेको छ ।

आफू खटिएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही गरिने कार्यालयले जनाएको छ । जिल्लाभर रहेको दुई सय ३१ मतदान केन्द्रमा एक हजार आठ सय ५७ कर्मचारी र नौ सय ३० स्वयंसेवक खटिने भएका छन् ।

सङ्घतर्फ दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कूल एक लाख ९२ हजार दुई सय २६ मतदाता रहेका छन् । १ नम्बर क्षेत्रमा ९६ हजार छ सय ६५ र २ नम्बर क्षेत्रमा ९५ हजार पाँच सय ६१ मतदाता छन् ।

प्रतिक्रिया