टी-२० विश्वकप : न्यूजिल्याण्डलाई हराउँदै पाकिस्तान १३ वर्षपछि फाइनलमा
अखबार टुडे
प्रकाशित:
२०७९, २३ कार्तिक

काठमाडौं, २३ कात्तिक । पाकिस्तान टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । न्यूजिल्याण्डलाई सात विकेटले हराउँदै पाकिस्तान १३ वर्षपछि फाइनलमा प्रवेश गरेको हो ।

जारी विश्वकपको सबैभन्दा भाग्यमानी मानिएको पाकिस्तान सन् २००९ को विश्वकपपछि पहिलो पटक फाइनल पुगेको हो । पाकिस्तानले २००९ को विश्वकपमा श्रीलंकालाई ८ विकेटले हराउँदै विश्वकप ट्रफी उचालेको थियो । त्यसपछि पाकिस्तान लगातार पाँचौ पटक फाइनलमा पुग्न सकेको छैन ।

न्युजिल्यान्डले दिएको एक सय ५३ रनको लक्ष्य पाकिस्तानले मात्र तीन विकेट गुमाएर १९ ओभर १ बलमा भेटायो । पाकिस्तानका लागि मोहम्मद रिजवानले ५७, बाबर आजमले ५३ र मोहम्मद ह्यारिसले ३० रन बनाए । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ५२ रन बनाए । उसका लागि ड्यारी मिचेलले ५३ र केन विलियमसनले ४६ रन बनाए । बलिङतर्फ पाकिस्तानका शहीन अफ्रिदीले दुई विकेट लिए ।

टी–२० र एकदिवसीय विश्व कपका सेमिफाइनल खेलमा न्युजिल्यान्डले अहिलेसम्म पाकिस्तानलाई हराउन सकेको छैन । यी दुई टिमबीच अहिलेसम्म चार वटा सेमिफाइनल खेलमा भेट भएकोमा चारै पटक पाकिस्तानले जितेको छ ।

पाकिस्तान सुरूआती दुई खेलमा पराजित भएपछि लगभग सेमिफाइनल दौडबाट बाहिरिएको थियो । पहिलो खेलमा भारतसँग चार विकेट र दोस्रो खेलमा जिम्बावेसँग १ रनले पराजित भएपछि पाकिस्तानको तिब्र आलोचनासमेत भएको थियो । यसरी सुपर १२ बाट आउट हुनै लागेको पाकिस्तानले अविश्वसनीय पुनरागमन गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

यसैबीच दोस्रो सेमिफाइनलमा भोलि बिहीवार भारत र पाकिस्तानबीच खेल्दै छन् । फाइनल खेल आउँदो आइतवार पौने २ बजे सुरु हुनेछ ।

प्रतिक्रिया