चुनावी सभामा गएका विरोध खतिवडामाथि कुटपिट, एक पक्राउ
प्रकाशित:
२०७९, २२ कार्तिक

हेटौंडा, २२ कात्तिक । नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडामाथि कुटपिट भएको छ । मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार खतिवडामाथि चुनावी सभामा जाँदा कुटपिट भएको हो ।
उनी मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा गएका थिए । एक प्रत्यक्षदर्शीका अनुसार सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लनेबित्तिकै हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले हातपात गरेका थिए ।
खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर छ । प्रहरीका अनुसार खड्काले मादक पदार्थ सेवन गरेको पाइएको र पुरानो रिसइबी समेत रहेको जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
