फोटोग्राफर पवलोस्कीले सगरमाथा क्षेत्रमा हिउँ चितुवा भेटेपछि…
अखबार टुडे
प्रकाशित:
२०७९, २१ कार्तिक

काठमाडौं, २१ कात्तिक । अमेरिकी फोटोग्राफर किटिया पवलोस्कीले सगरमाथा क्षेत्रमा हिउँ चितुवाको आकर्षक फोटो खिचकी छिन् ।

फोटोग्राफर पवलोस्कीले पाँच हजार चार सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेर आफ्नो फेसबुक पेज र वबसाइडमा राखेकी थिईन् ।

उक्त पोष्टलाई नेपालमा रहेको अमेरिकी दुतावासले सोमबार आफ्नो पेजमाफर्त पवलोस्कीले खिचेको हिउँ चितुवाको आकर्षक फोटोबारेमा जानकारी गराएको हो ।

हिउँ चितुवाको पाइला देखेपछि आफूले फोटोका निम्ति पछ्याएको उनले लेखेकी छन् । ‘मौसम असाध्यै अप्रत्यासित थियो तर उत्कृष्ट दृश्य पाउनका निम्ति मैले उचाइ चढ्नैपर्थ्यो । तल देखिएको पाइलाका आधारमा पछ्याउँदै जाँदा मैले कैद गर्न खोजेकै जनावर फेला पारेँ,’ उनले भनेकी छन् ।

हिउँ चितुवा कैद गर्नका निम्ति गोरकशेपबाट उनी बिहान ४ बजे निस्किएकी थिइन् । उनले हिउँ चितुवाको फोटो खिच्नको लागि १०३ माइल पैदल हिड्दै खुम्बु सम्मको यात्रा गरेको उल्लेख गरेकी छन् । फोटोग्राफर किटी वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्छिन् ।

प्रतिक्रिया