हामीलाई जिताउनुस्, विकास गर्छौं : सिके राउत
प्रकाशित:
२०७९, २१ कार्तिक

कपिलवस्तु, २१ कात्तिक । जनमत पार्टीका अध्यक्ष सिके राउतले यस पटकको निर्वाचनमा आफूहरूलाई जिताएमा विकास गर्ने बताएका छन् ।
कपिलवस्तुको रुद्रपुरमा आइतबार भएको चुनावी सभामा अध्यक्ष राउतले मंसिर ४ गतेपछि देशमा नयाँ आयाम आउने बताए ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र मधेसवादी दलले नागरिकलाई गुमराहमा पारी मत लिएको तर विकास नगरेकाले जनमत पार्टीलाई मतदान गर्न राउतले आग्रह गरेका थिए ।
पटक–पटक नेतृत्व गरेका नेता असफल भएको उनको भनाइ थियो । ‘यहाँ लामो समय राणाले, राजा रजौटाले, राजनीतिक दलले शासन गरे तर आजसम्म जनता अधिकार र आधारभूत सेवा सुविधाबाट वञ्चित छन्,’ उनले भने । जनमत पार्टी विकासको एजेण्डासहित अघि आएको उनको भनाइ छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
