१४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
अखबार टुडे
प्रकाशित:
२०७९, २० कार्तिक

काठमाडौं, २० कात्तिक । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज अघिल्लो दिनको तुलनामा १४ सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला ९४ हजार पाँच रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला ५० रुपैयाँ बढेको हो ।

प्रतिक्रिया