श्रीलंकाका क्रिकेटर दानुष्का बलात्कार आरोपमा पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, २० कार्तिक

काठमाडौं, २० कात्तिक (एजेन्सी)। श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका बलात्कार आरोपमा पक्राउ परेका छन् । उनी अष्ट्रेलियाको सिड्नीमा पक्राउ परेका हुन् ।

२९ वर्षीया एक महिलाले धुनुष्काले आफूमाथि बलात्कार गरेको उजुरी प्रहरीमा दिएपछि आइतबार पक्राउ परेको बताइएको छ । गुनाथिलाकालाई प्रहरीले सिड्नीको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टस्थित टोली रहेको होटलबाटै स्थानीय समय अनुसार दिउँसो १ बजे पक्राउ गरेको हो ।

छानबिन गर्न ३१ वर्षीय दानुस्कालाई नियन्त्रणमा लिएर सिड्नी सिटी प्रहरी चौकीमा राखिएको छ । उनीमाथि ती महिलाले आफ्नो सहमति बिना चार पटकसम्म बलात्कार गरेको आरोप लगाएकी छन् ।

प्रहरीका अनुसार ती महिलाले एक अनलाइन डेटिङ एप्लिकेसनमार्फत दानुस्कासँग धेरै दिनसम्म कुराकानी गरेपछि भेटेका थिए । त्यसपछि बुधबार साँझ दानुस्काले यौन दुव्र्यवहार गरेको आरोप ती महिलाले लगाएकी हुन् । अब नोभेम्बर ७ मा उनलाई डाउनिङ सेन्टरको स्थानीय अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ ।

प्रहरीले जमानत दिन अस्वीकार गरेपछि श्रीलंकाका खेलाडीहरू उनी बिनानै आज स्वदेश फर्किएका छन् । गुनाथिलका ह्यामस्ट्रिङको चोटका कारण टी–२० विश्वकपको पहिलो चरणबाट बाहिरिएका थिए। उनको स्थानमा एशेन बन्दाराले खेलेका थिए। तर पनि उनी अष्ट्रेलियामै रहेका थिए ।

प्रतिक्रिया