अब के हुन्छ ? : तोसिमाको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेशविरुद्ध सर्वोच्चमा रिट
अखबार टुडे
प्रकाशित:
२०७९, १८ कार्तिक

काठमाडौं, १८ कार्तिक । निर्वाचन आयोगले तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा रिट दायर गरेको छ । आयोगको टोली शुक्रबार सर्वोच्चमा प्गी रिट निवेदन दिएको हो ।

उपन्यायाधिवक्ता गुरु वाग्लेका अनुसार शुक्रबार सर्वोच्चमा पुगेर कार्कीको उम्मेदवारी कायमै राख्ने अन्तरिम आदेख खारेजीको माग गर्दै निवेदन दिएको हो । लाभको पदमा बसेर कार्कीले उम्मेदवारी दिएको भन्दै उजुरीपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

मेडिकल काउन्सिलबाट भत्ता मात्रै प्राप्त हुने हुँदा त्यस पदबारे निक्र्योलका लागि कार्कीले आयोगमा २८ भदौमा निवेदन दिएकी थिइन् । आयोगले त्यस निवेदनमा कुनै सुनुवाइ नगरी आफूविरूद्धको उजुरीको आधारमा उम्मेदवारी खारेज गरेर अन्याय गरेको भन्दै कार्की सर्वोच्च पुगेकी थिइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा प्रतिनिधिसभाका लागि उम्मेदवार दिएकी कार्की नेपाल मेडिकल काउन्सिलको सदस्यको रूपमा बैठक भत्ता लिने गरेको आधारमा ‘लाभको पद भन्न नमिल्ने’ भन्दै उम्मेदवारी कायमै राख्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । गत मंगलबार न्यायाधीश कुमार चुँडालको एकल इजलासले कार्कीको उम्मेदवारी कायम रहने अन्तरिम आदेश दिएको हो ।

प्रतिक्रिया