‘मिस्टर युनिर्भसल-२०२२’मा सफलजंग शाह भए ‘फस्ट रनरअप’
अखबार टुडे
प्रकाशित:
२०७९, १८ कार्तिक

काठमाडौं, १८ कार्तिक । हालै भारतमा सम्पन्न ‘मिस्टर युनिर्भसल–२०२२’ मा नेपालको प्रतिनिधित्व गरेका सफलजंग शाह फस्ट रनरअप भएका छन् ।

नेपालसहित एक दर्जनभन्दा बढी देशका प्रतियोगी भएको उक्त प्रतिस्पर्धीमा शाहले ‘फस्ट रनरअफ’सहित ‘मिस्टर युनिभर्सल नेपाल’ टाइटल पनि जितेका छन् ।

फिलिपिन्सका प्रतिस्पर्धीले ‘मिस्टर युनिभर्सल वल्ड–२०२२’को उपाधि जितेको प्रतियोगितामा अफगानिस्तानका प्रतिपस्पर्धीले ‘मिस्टर युनिभर्सल टिन-२०२२’ हात पारे ।

प्रतियोगितामा नेपालसहित भारत, अफगानिस्तान, फिलिपिन्स, दुवई, पाकिस्तान र बंगलादेशसहित दर्जनभन्दा बढी देशका प्रतिस्पर्धी सहभागी थिए ।

प्रतिक्रिया