मिस वर्ल्ड जितेको २२ वर्षपछि प्रियंकाको उपाधि विवादमा, फिक्सिङको आरोप
अखबार टुडे
प्रकाशित:
२०७९, १८ कार्तिक

काठमाडौं, १८ कात्तिक (एजेन्सी) । मिस वर्ल्ड उपाधि जितेको २२ वर्षपछि बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा चोपडा विवादमा तानिएकी छन् । उनको जितमा गम्भीर आरोप लगाइएको हो ।

उनले सन् २००० मा मिस वर्ल्डको उपाधि जितेकी थिइन् । प्रियंकाविरुद्ध पूर्वमिस बार्बाडोस तथा युट्युबर लिलानीले आरोप लगाएकी हुन् । उनले प्रियंकासँग मिस वर्ल्ड २००० मा प्रतिस्पर्धा गरेकी थिइन् ।

उनले प्रियंका जितलाई मिलेमतो (फिक्स) भएको बताएर सनसनी मच्चाएकी छन् । साथै उनले प्रतियोगिताको दौरान प्रियंकालाई विशेष ट्रिटमेन्ट दिएको भन्दै उनले बताएकी समेत छन् । एक भिडियो सन्देश जारी गर्दै उनले २२ वर्षपछि यो खुलासा गरेकी हुन् ।

किनभने यतिबेला मिस अमेरिकामा एक प्रतिस्पर्धीलाई लिएर विवाद उठेको छ । मिलेमतोमा हुने चर्चा चलेसँगै उनले आफ्नो अनुभव साझा गरेकी हुन् ।

उनले भनिन्, ‘मिस वर्ल्डमा मैले पनि यस्तै कुरा भोगेँ । म मिस बार्बाडोस थिएँ, जुन वर्ष मिस इन्डियाले उपाधि जितेकी थिइन् । त्यतिबेला प्रायोजक पनि भारतीय नै थिए । प्रियंका एक मात्र प्रतिस्पर्धी थिइन् जसलाई सारोङ (कम्मरमा बाँधिने स्कार्फजस्तै एक लुगा) लगाउन अनुमति पाएकी थिइन् । छालाको रंगलाई गोरो बनाउन कुनै क्रिम लगाएको कारण सारोङ बाँधेको जवाफ उनले दिएकी थिइन् । यसकारण उनले स्वीमसुट राउण्डमा सारोङ लगाएकी थिइन् ।’

उनले प्रियंकालाई विशेष अधिकार दिएको पनि बताइन् । उनले भने, ‘सबै प्रतिस्पर्धीलाई एकै ठाउँमा आएर खाना खाने व्यवस्था थियो। तर प्रियंकालाई आफ्नै कोठामा खाना पुर्याइन्थ्यो । उनले जित्नुभन्दा अगाडि नै समुन्द्र किनारमा फोटोशूट गरेकी थिइन् ।’ लिलानीको अनुसार ड्रेस डिजाइनरले प्रियंकाको नापकै ड्रेस डिजाइन गरेकी थिइन् भने बाँकी प्रतिस्पर्धीको ड्रेस फिट थिएन ।

प्रतिक्रिया