ओलीको दाबी- कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउँछु
प्रकाशित:
२०७९, १८ कार्तिक

दार्चुला, १८ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्ने दाबी गरेका छन् ।
शुक्रबार दार्चुलाको सदरमुकाम खलंगामा एमालेले आयोजना चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘राष्ट्रियताको प्रश्नमा नेपालले एक इञ्च जमिन पनि कसैलाई छोड्नेवाला छैन । एक इञ्च जमिन पनि मिच्न दिनेवाला छैन । मिचिएको भए फिर्ता ल्याउँछ भनेर हामीले नक्सा जारी गरेका छौँ ।’
‘संसदले सर्वसम्मतका साथ पारित गरेको भन्दै ओलीले आफ्नो भनाइलाई ग्यारेन्टी दिए । कित्र्ते खोल्सीलाई महाकाली उल्लेख गरेर भारतले ६० वर्षदेखि कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचेको उनले बताए ।
विकास, समृद्धि र स्थिरताका लागि एमालेलाई मत दिन आह्वान गरेका ओलीले एमालेले गरेको चुनावी गठबन्धन स्वार्थको गठजोड नभएर राष्ट्रिय शक्ति भएको दाबी गरे ।
प्रतिक्रिया
सम्बन्धित समाचार
