दार्चुलाबाट एमालेको चुनावी अभियान, ओलीले ४० जिल्लामा सम्बोधन गर्ने
अखबार टुडे
प्रकाशित:
२०७९, १८ कार्तिक

काठमाडौं, १८ कार्तिक । नेकपा एमालेले आजबाट चुनावी अभियान सुर गर्दैछ । अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको दार्चुला पुगेर आज (शुक्रबार) चुनावी अभियान सुरू गर्ने एमालेले जनाएको छ ।

एमालेका अनुसार अध्यक्ष ओलीले शुक्रबार खलंगामा हुने जनसभालाई सम्बोधन गर्नेछन् । निर्वाचन आयोगले दलहलाई चुनावीसभा गर्न खुला गरिदिएपछि एमालेले राष्ट्रव्यापी चुनावी अभियान तथा यात्राको आरम्भ गर्न लागेको होे ।

अध्यक्ष ओलीले आजै बैतडी र कञ्चनपुरमा आयोजित जनसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम तय एमालेले जनाएको छ । चुनावी अभियानका क्रममा ओली देशका ४० जिल्ला पुगेर जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ ।

मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले मंसिर १ गतेसम्म दल र उम्मेदवारलाई सभा, जुलुस र कोणसभा गर्ने अनुमति दिएको छ ।

प्रतिक्रिया