पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार
अखबार टुडे
प्रकाशित:
२०७९, १७ कार्तिक

काठमाडौं, १७ कात्तिक (एजेन्सी) । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गुजरावालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो ।

गोली लागेर उनीसँगै अरु ३–४ जना पनि घाइते भएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । घाइते हुनेमा पाकिस्तान तहरीक–ए–इन्साफका नेता फैसल जावेद पनि छन् ।

¥यालीमा रहेका उनीसवार कन्टेनरमा आक्रमणकारीले ३–४ राउण्ड गोली हानेका थिए । पाकिस्तान तहरीक–ए–इन्साफका महासचिव असद उमरका अनुसार खानलाई खुट्टामा गोली लागेको छ र उनलाई उपचारका लागि लाहोर पठाइएको छ ।
गोली हान्ने एक जना व्यक्तिलाई पक्राउ गरिएको पाकिस्तानी प्रहरीले बताएको छ ।

प्रतिक्रिया