भारतको सबैभन्दा भरपर्दो साझेदार रूस : सर्वेक्षण
अखबार टुडे
प्रकाशित:
२०७९, १७ कार्तिक

काठमाडौं, १७ कार्तिक (एजेन्सी) । भारतको सबैभन्दा भरपर्दो साझेदार रुस भएको एक सर्वेक्षणले जनाएको छ ।
थिंक ट्यांक अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ) ले गरेको एक सर्वेक्षणअनुसार सन् १९४७ मा भारत स्वतन्त्र भएयता रुस भारतको सबैभन्दा भरपर्दो साझेदार मानिएको छ ।

भारतका १९ सहरमा गरिएको राष्ट्रिय सर्वेक्षणमा पाँच हजार सहरी युवाको नमूना समावेश गरिएको थियो । युवा भारतीयहरूले विभिन्न प्रश्नहरूको जवाफ दिँदै देशको विदेश नीतिलाई सकारात्मक रूपमा मूल्याङ्कन गरेका छन् ।

उत्तरदाताहरूले रूसलाई स्वतन्त्रतापछिको भारतको सबैभन्दा भरपर्दो साझेदारको रूपमा उल्लेख गरेका छन् । यसै वर्षको सुरुमा युक्रेन द्वन्द्व सुरु भएदेखि नै रूससँगको भारतको द्विपक्षीय सम्बन्ध प्रतिबन्धग्रस्त मस्कोबाट तेल आयातमा भएको वृद्धिका कारण भारत पश्चिमा मुलुकहरूको निगरानीमा आएको छ ।

प्रतिक्रिया