
काठमाडौं, १६ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगको गतिविधिप्रति असन्तुष्टि जनाउँदै आफूलाई माइक्रोस्कोप लगाएर हेरिरहेको टिप्पणी गरेका छन् ।
माओवादी केन्द्र गोरखा–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका क्रममा प्रचण्डले सो कुरा बताएका हुन् ।
प्रचण्डले भने, ‘निर्वाचन आयोग प्रचण्डले के गर्दैछ भनेर माइक्रोस्कोप लगाएर हेरिरहेको छ । मनोनयन दर्ता गर्ने बेलामा जनता स्वत स्फूर्त रुपमा गाजाबाजा लिएर आए । त्यो विषयमा मलाई थाहा थिएन । तर, त्यसै विषयमा आयोगले स्पष्टीकरण सोध्यो । मैले जवाफ लेखेको थिए । चित्त बुझ्दो जवाफ भएन रे । त्यो बाजा कहाँबाट आयोग भनेर पत्ता लगाउन निर्देशन दिएको छ रे ।’
प्रचण्डले आफू गोरखा जानु विरोधहरू पनि गोरखा पुगेको भन्दै गोरखाली जनताका लागि खुसीको विषय मात्र नरहेर चुनौतीको विषय समेत भएको बताए ।
उनले आफू गोरखा पुगेसँगै सुरक्षा चुनौती थपिएको समेत बताए । अध्यक्ष प्रचण्डले आफू गोरखा पुगेसँगै सुरक्षा चुनौती थपिएको भन्दै गोरखाली जनतासँग नेतृत्वको रक्षा गर्न आग्रह समेत गरेका छन् ।
